साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो। मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ। प्राधिकरणले साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो। निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ। त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आठ अर्ब १५ करोड आम्दानी गरेको छ।
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो। मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ। भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब सात करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको जानकारी दिए। माथिल्लो तामाकोशी बन्द भएका कारण विद्युत् निर्यात घटेको र सुक्खायाम शुरू भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात शुरू गरिएको छ। नदी तथा खेलानालामा पानीको बहाव बढ्न थालेपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः शुरू हुनेछ। यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बाैग्लादेश निर्यात पनि भइसकेको छ।
चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ। बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ। बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो। माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो। यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो।
माथिल्लो तामाकोशी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार भइरहेको छ। काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा विभिन्न २८ आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो। सो अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
