बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

शुक्रबार तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १ लाख ४९ हजार ६०० रुपैयाँमा रहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। 

शुक्रबार तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १ लाख ४९ हजार ६०० रुपैयाँमा रहेको छ। 

यसैगरी, चाँदी तोलाको १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार १ हजार ७६० रुपैयाँ थियो।