आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा सीमित भएको छ भने चार अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा कायम भएको हो।
३१९ कम्पनीका ९१ लाख ८० हजार ७१८ कित्ता शेयर ५७ हजार ८६३ पटक खरिदबिक्री हुँदा चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूह ०.६५ र उत्पादन तथा प्रशोधन समूह १.५७ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै विकास बैंक समूह २.०५ र वित्त समूह १.४९ प्रतिशतले घटेको छ।
बैंकिङ ०.८७, होटल तथा पर्यटन ०.०१, लगानी १.१८, जीवन बीमा ०.८१, लघुवित्त ०.३९, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०.८२, व्यापार १.३५ र अन्य समूह ०.३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
आइतबारको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाइड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६.४० प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको २२ करोड तीन लाख १२ हजार ८३४ रुपैयाँ बराबरको दुई लाख ५२ हजार १४९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
