प्रहरीले धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट आधा किलोभन्दा बढी अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
कैलाली– धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट ५४९ ग्राम २०० मिलिग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन्।
उनीहरूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने दीपक कारचालक हुन् भने सुमित कारमा सवार थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई जाँच गर्ने क्रममा सुन बरामद भएको हो।
प्रहरीले उनीहरूका साथबाट एउटा ल्यापटप, दुई वटा मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
