साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ

प्रहरीले साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगमलाई पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले साई स्वागत सहकारी ठगीको आरोप उक्त संस्थाका अध्यक्ष भरत जंगमलाई पक्राउ गरेको छ।

प्रहरीले साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा अनुसन्धानका क्रममा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एसपी एवं प्रवक्ता नवराज अधिकारीले उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको बताए।

उनका अनुसार उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान शुरू भएको छ। उनीमाथि अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको हो।

सहकारीले बचतकर्ताको एक करोड १० लाख रुपैयाँभन्दा बढी अपचलन गरेको भन्दै महानगरको सहकारी विभागमा उजुरी परेको थियो।

उजुरीका आधारमा काठमाडौँ महानगरले गत वर्ष चैत २३ गते गरेको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत देखिएको भन्दै महानगरले प्रहरी परिसर काठमाडौँलाई अनुसन्धानका लागि सिफारिस गरेको थियो।