मंसिर मसान्तसम्ममा कुल सात खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब ८७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ।
काठमाडौँ– लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार बिस्तारै सुधारोन्मुख हुन थालेको छ। भन्सार विभागले आइतबार सार्वजनिक चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा वैदेशिक व्यापारमा सुधार देखिएको हो।
उक्त तथ्यांकअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६.५ प्रतिशतले बढेको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत आर्थिक वर्षको शुरूआती पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ पुगेको छ। आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ।
मंसिर मसान्तसम्ममा कुल सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ घाटा बेहोरेको छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४.२१ प्रतिशतले बढेको हो।
मंसिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेल, २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको पेट्रोल र २४ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै, २० अर्ब ९६ करोड रुपैयाँ बराबरको फलामजन्य वस्तु र १० अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।
सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन्। पाँच महिनामा आठ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ बराबरको भटमास तेल, चार अर्ब ९६ करोड ३३ लाख रुपैयाँ बराबरको कार्पेट, तीन अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको अलैँची, दुई अर्ब ९७ करोड ६१ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल र दुई अर्ब ७१ करोड २६ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
