कैलालीसहित पश्चिम तराईमा शीतलहर शुरू भएको छ। हुस्सु र शीतलहरका कारण सडकमा गाडी र मानिसको आवतजावत पातलिएको छ।
कैलाली– कैलालीसहित पश्चिम तराईमा शीतलहर शुरू भएको छ। बिहानैदेखि लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।
हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ। बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ। लम्की बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण क्याम्पस जान नसकेको बताउँछिन्।
व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन्। सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि बुधबार काममा जान नसकेको उनले सुनाइन्। बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ। शीतलहर शुरू भएपछि तरकारी खेती गर्दैआएका किसान चिन्तित बनेका छन्।
लम्कीका किसान जगनाथ जैशीले दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाएका छन्। हुस्सु र शीतलहरले सखाप हुने हो की भन्ने चिन्ताले उनलाई पिरोलेको छ। जाडोयाम सुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा–३ वादी बस्तीकी रमा वादीलाई छ।
बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन्। शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
