रुस र युक्रेनबीचको युद्धमा ११ सय उत्तर कोरियाली सैनिक हताहत भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ।
रुस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले सोमबार जनाएको छ।
सियोलको जासुसी निकायले गत हप्ता सांसदलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक हजार १०० उत्तर कोरियाली सैनिक हताहत भएका हुन्।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले रुसी सेनालाई सहयोग गर्न हजारौँ कोरियाली सैनिक पठाएको छ। तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको शुरूमा कब्जा गरेको कुस्र्क सीमा क्षेत्रमा रहेका विश्वास गरिएको छ।
“सूचना र गुप्तचरका विभिन्न स्रोतमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार १०० उत्तर कोरियाली सैनिक जना हताहत भएको आकलन गरेका छौँ,” जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रुसको युद्ध प्रयासमा सहयोग पुर्याउन उत्तर कोरियाली सैनिकको थप तैनाथीको सम्भावनामा हामी विशेष चासो राख्छौँ ।”
जेसीएसका अनुसार प्योङयाङले ‘चक्रानुक्रममा पुरानालाई फिर्ता बोलाई नयाँ सैनिक वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको छ।
आणविक शक्तिसम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा मस्कोलाई थप सहयोग पुर्याउन ‘ड्रोन उत्पादन र उपलब्ध गराइरहेको’ दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ।
उत्तर कोरियाले रुसी सेनाका लागि ’२४० एमएम रकेट लन्चर र १७० एमएम स्वचालित तोप’ पनि उपलब्ध गराइरहेको जेसीएसले जनाएको छ। उत्तर कोरियाले रुस–युक्रेन युद्धको अनुभवका आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको सियोलको आकलन छ। “यसले उत्तर कोरियाको सैन्य खतरा हामीप्रति बढ्न सक्छ,” विज्ञप्तिमा भनिएको छ।
पछिल्लो निष्कर्ष राष्ट्रिय गुप्तचर सेवाको एक रिपोर्टसँग मिल्दोजुल्दो छ। दक्षिण कोरियाली सांसदलाई जानकारी गराइएको रिपोर्टमा उत्तर कोरियाको सैन्य योगदानका लागि रुसले प्योङयाङको परम्परागत हतियारको आधुनिकीकरण’मा सघाउने सहमति भएको उल्लेख छ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रुसबीच सैन्य सम्बन्ध बलियो बनेको छ। प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ।
विज्ञहरूका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्ध–अनुभव हासिल गर्न इच्छुक छन्।
प्योङयाङले बिहीबार अमेरिका र उसका सहयोगीले युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको समर्थनको आलोचना गर्दै संयुक्त वक्तव्य जारी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।। प्योङयाङले वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’को संज्ञा दिएको छ। रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
