नेप्से परिसूचक २८.९१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १.११ प्रतिशतले बढेर २६१२‍ को विन्दुमा उक्लिएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंक अर्थात् १.११ प्रतिशतले बढेर २६१२.२० को विन्दुमा उक्लिएको छ।

नेप्सेका अनुसार सोमबार विभिन्न ३२८ कम्पनीका ८९ लाख आठ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक खरिदबिक्री हुँदा चार अर्ब ४३ करोड २४ हजार रुपैयाँमा कारोबार भएको छ।

सोमबारको कारोबारपछि सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ।

त्यसैगरी, मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कुल ४२ वटा कम्पनीको शेयर मूल्यमा रातो देखिएको छ।

नेप्सेका अनुसार सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको ३.१६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को १.९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १.८६ प्रतिशतले ओरालो लागेको छ।