सहकारी ठगी आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष पक्राउ

सहकारी ठगीको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्षलाई पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– सहकारी ठगीको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाका एक वडा अध्यक्षलाई पक्राउ गरेको छ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा चन्द्रगिरि–१२ का अध्यक्ष ह्नुच्छेबहादुर महर्जन पक्राउ परेका हुन्।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।