एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
झापा– झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
उपविजेता एनआरटी क्लबले पाँच लाख प्राप्त गरेको छ। झापा–११ द्वारा बिर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। गत वर्ष झापा गोल्डकपको छैटौँ संस्करण पनि चर्च ब्वाइजले नै जितेको थियो।
खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै पहिलो गोल गर्न सफल भएका थिए। खेलको ४३औँ मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनायो। रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई विदेशी खेलाडी अर्मान्डले गोल गरेका थिए।
त्यसलगत्तै एनआरटीले १ गोल फर्कायो। विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए।
खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले अर्को गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेको थियो। खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भएका छन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रूपमा छनोट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। ‘मस्ट भ्यालुएबल प्लेयर’ चर्च ब्वाइजका रोहन कार्की भए। उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे।
यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
