उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अन्य केही क्षेत्रमा हल्का वर्षासमेत हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ– पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा बिस्तारै मुलुकभरि फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका मौसमविद् रोजन लामिछानेले पूर्वतर्फ सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने बताए।
दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जानेछ। उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना भने छ।
हाल देशमा पश्चिमी वायुको प्रभावका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा पश्चिमी न्यूनचापीय प्रणालीको समेत प्रभाव देखिएको छ।
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न शुरू भएको छ। मंसिर अन्तिम साता चिसो अत्यधिक बढेर घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको मौसमविद् लामिछानेले उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
