संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा

संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले अवकाश हुन नाै महिना बाँकी छदै पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ– संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन्।

उनले महासचिव भरतराज गौतम समक्ष मंगलबार राजीनामा दिएका हुन्। राजीनामा बुधबार स्वीकृत भएको संसद् सचिवालयले जनाएको छ। उनले घरायसी कामका कारण राजीनामा दिएको उल्लेख गरेका छन्।

उमेर हदले अवकाश हुन ९ महिना बाँकी छदै घिमिरेले राजीनामा दिएका हुन। उनी संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए।