इन्धनबाट चल्ने जिप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको संख्या पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ।
वीरगन्ज– वीरगन्ज भन्सार हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड ३ लाख ३६ हजार मूल्य पर्ने ४८२ वटा जिप, कार र भ्यान आयात भएका छन्।
गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८.१३ प्रतिशत र राजस्वको आधारमा १६.४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो। जबकि गत आवको सोही अवधिमा भने १ अर्ब २० करोड १४ लाख रुपैयाँ मूल्य पर्ने ७७९ वटा जिप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले २ अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो।
इन्धनबाट चल्ने जिप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ। चालु आवको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख रुपैयाँ पर्ने ९७ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको छ।
गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख रुपैयाँ मूल्य पर्ने २३७ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
