हिउँले ढाक्यो मंगोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग

मंगोलियामा गत हिउँदमा पाँच दशक यताकै ठूलो हिमपात भएको थियो। जसका कारण ठूलो बाढी आएको र लाखौँ पशुधनको क्षति भएको थियो।

मंगोलियामा भारी हिमपात भएको छ। मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीका अनुसार सोमबार साँझसम्म देशको ६० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकिसकेको को छ।

देशका २१ मध्ये पाँच प्रदेशमा मंगलबारसम्म हिमपात जारी नै रहेको छ। मंगोलियामा गत हिउँदमा पाँच दशक यताकै ठूलो हिमपात भएको थियो। जसका कारण ठूलो बाढी आएको र लाखौँ पशुधनको क्षति भएको थियो।

यस हिउँदमा, एशियाली देशका अधिकांश भागमा चिसो औसतभन्दा बढ्ने मौसमविद्ले जनाएका छन्।