तनहुँमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको छ।

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। 

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको जिपलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

ठक्करपश्चात् जिप सडकमै रहेको र ट्रक पुलबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। जिपमा सवार चार जना सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको छ।