मंगलबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १४ अंकले बढेर २६२६ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो। 

नेप्सेका अनुसार यस दिन परिसूचक १४.११ अंकले बढेर २६२६.३१ को विन्दुमा उक्लिएको छ।

नेप्सेका अनुसार मंगलबार विभिन्न ३१२ कम्पनीका एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार चार अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। साथै, न्यादी हाइड्रोपावर ८.६० प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.५४ प्रतिशतले बढेको छ।

त्यसैगरी, सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। जानकी फाइनान्स ८.०० प्रतिशत र युनिलिभर नेपालको शेयर मूल्य ७.२३ प्रतिशतले घटेको छ।

मंगलबार उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशत र व्यापार समूहको उपसूचक ०.४५ प्रतिशतले घटेको छ। अन्य समूहको उपसूचक भने हरियो देखिएको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्सको २० करोड सात लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।