म्यानमारको मेवाडीबाट ५ नेपालीको उद्धार

बैंककस्थित नेपाली राजदूतावासका अनुसार चार पुरुष र एक महिलालाई म्यानमारको मेवाडीबाट उद्धार गरी नेपाल फर्काइएको हो।

काठमाडौँ– म्यानमारबाट पाँच नेपालीको उद्धार गरिएको छ। चार पुरुष तथा एक महिलाको म्यानमारको मेवाडीबाट उद्धार भएको हो।

बैंककस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूलाई मेवाडीबाट उद्धार गरेर थाइल्यान्ड ल्याएर नेपाल फर्काइएको हो।

चार जना पुरुषलाई थाई सरकारी निकाय तथा अन्य गैरसरकारी संस्थाको सहयोगमा पुस २ गते नेपाल फर्काइएको थियो। एक जना महिलालाई भने मंगलबार नेपाल फर्काइएको राजदूतावासले जनाएको छ।

राजदूतावासले सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। 

कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया लाओस्, म्यानमार, थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नजान पनि राजदूतावासले अनुरोध गर्दछ।