सीईबीले मानवीय गतिविधिका कारण देशको जैविक विविधताको प्रतीक जंगली हात्ती लोप हुने खतरा बढ्दै गएको बताएको छ।
श्रीलंकामा विद्युतीय धरापमा परेर यो वर्ष करिब ५० हात्ती मरेका छन्। अनधिकृत रूपमा बिछ्याएका विद्युतीय तारबाट करेन्ट लागेर करिब ५० हात्ती मरेको सिलोन विद्युत् बोर्ड (सीईबी)ले सोमबार जानकारी दिएको हो।
सीईबीले मानवीय गतिविधिका कारण देशको जैविक विविधताको प्रतीक जंगली हात्ती लोप हुने खतरा बढ्दै गएको बताएको छ।
सन् २०२३ मा श्रीलंकामा ९० जंगली हात्तीको मृत्यु भएको तथ्यांकले देखाउँछ। वन्यजन्तु संरक्षण विभाग सन् २०२२ को तथ्यांक अनुसार यो संख्या ५० थियो।
मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा बासिन्दाले सुरक्षाका लागिय विद्युतीय तार बिछ्याउने गरेका छन्, जसका कारण हात्तीको मृत्यु हुने गरेको विभागले जनाएको छ।
विभागले जंगली हात्ती लक्षित गरेर विद्युतीय तार र जाल राख्ने तथा गुणस्तरहीन विद्युतीय तार जडान गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।
वातावरण तथा वन्यजन्तु संरक्षणको जिम्मेवारीसमेत सम्हाल्दै आएकी परराष्ट्रमन्त्री विजिथा हेरथले बाली तथा वन्यजन्तुको क्षति हुन नदिनेमा जोड दिँदै मानव र जंगली हात्ती दुवैको संरक्षण गर्नुपर्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
