‘लिभिङ विथ आईसीटी’ले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४’ सम्पन्न भएको छ।
काठमाडाैँ– ‘लिभिङ विथ आईसीटी’ले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४’ सम्पन्न भएको छ। विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान गरिएको थियो।
ह्यात रिजेन्सी काठमाडौँमा आयोजना भएको समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल प्रविधिमार्फत पानसमा बत्ति बोल्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौँ विश्वविद्यालयका संस्थापाक प्राडा. सुरेशराज शर्माले प्राप्त गरे। एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन्। यसैगरी प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आईसीटी अवार्ड नामीका संस्थापक डा. विशेष खनालले प्राप्त गरे। आन्टरप्रेनर्स आईसीटी अवार्ड फुडमान्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आईसीटी अवार्ड न्युरल कम्पनीका सह–संस्थापक नामी बरालले प्राप्त गरिन्।
यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४ जियोकृषिले प्राप्त गरेको छ। यस्तै, प्रडक्ट आईसीटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले र राइजिङ स्टार इन्नोभेसन अवार्ड स्पिकअपले जित्न सफल भएको छ।
त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रो पे पब्लिक च्याइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्रात गरेको छ। सातै देशहरूका स्टार्टअपहरू लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भारतको हाइफन एससीएसले जितेको छ। अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
संस्थागत अवार्ड विधाहरूमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आईएमई पेले जित्न सफल भएको छ। डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइभेट सेक्टरमा क्रमश सुकुना माबि मोरङ र एलआरआई कलंकीले प्राप्त गरेका छन्।
यसबाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मान गरिएको छ। यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेस अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन्।
अवार्ड समोरोहमा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरूङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको बताए।
‘आईटी दशक भनेर घोषणा गर्छौं। तर त्यसको कार्यान्वयनका लागि बजेट छुट्याएका छैनौँ,’ उनले भने, ‘नेपालसँग एउटा पनि आईटी पार्क छैन। पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ।’
त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले जनतामा निराशा र कुण्ठा पैदा भइरहेको समयमा आईसीटी अवार्डले विकास र निर्माणमा सकारात्मक सन्देश दिएको बताए।
स्वागत मन्तव्य दिदै आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियाशील यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए। सूचनाको प्रविधिको विकासमा निजी क्षेत्र अग्रणी भूमिकामा जानकारी दिँदै उनले सरकारले नीतिगत सुधार गर्दै अझै सहयोगी हात बढाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अम्बरबहादुर थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
