निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ भने अर्को पनि हालै ग्राउन्डेड भएको छ।
काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान ठप्प भएको छ। उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो।
निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ भने अर्को पनि हालै ग्राउन्डेड भएको छ।
प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए। उनले ताकेता गरेर सकेसम्म चाँडै विमान उडान सेवा सञ्चालन गरिने उल्लेख गरे।
“प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउन्डेड भएको हो”, उनले भने, “समस्या समाधानका लागि आवश्यक प्रक्रियामा शुरू भइसकेको छ। अघिल्लो विमान ग्राउन्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ।”
निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ। निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
