दार्चुला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँ– दार्चुला केन्द्रविन्दु भएर मंगलबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भई ४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि शुक्रबार बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पका कारण बाजुरामा भौतिक संरचनामा क्षति पुगेको छ।

त्यसअघि बिहीबार मनाङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको थियो।