लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन पनि निषेध छ।
मंगलबारे– इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ। लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ।
यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन्। “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन,” स्थानीय अग्रज केहेरसिंह योङहाङले भने। उनका अनुसार यहाँका होटल तथा रेस्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन।
माङ्सेबुङ गाउँपालिका–३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदासमेत निषेधित वस्तु सेवन नगर्ने स्थानीयको दाबी छ। करिब एक हजार ५०० परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरूले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन्। यहाँका मानिसले किरात धर्म मान्छन्। सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ।
गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ। सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको योङहाङले बताए। किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर) ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ।
किरात धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिंगोमा रातो र सेतो ध्वजा राख्छन्। साथै सूर्यअंकित ध्वजासमेत राखिएको छ। माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ। लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो। सोही धर्म अनुसरण गर्नेहरूको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो।
धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन्। अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ। मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए।
गाउँमा जथाभाबी फोहोर गर्न पाइँदैन। साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन। गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरूको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
