नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँ घटेको छ। मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ रहेको सुन १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो।

यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी १ हजार ८०५ रुपैयाँ रहेको थियो। बुधबार १ हजार ८०० रुपैयाँ तोकिएको छ।