मेलम्चीकाे पानी वितरणका लागी बनाइएका १० मध्ये आठ वटामा पानी पुगिसकेको छ। बाँकी दुईवटामा चार दिनभित्र पुग्ने केयूकेएलले जनाएकाे छ।
काठमाडाैँ– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको साढे ११ करोड लिटर पानी काठमाडौँमा वितरण भएको छ। खेलाबाट १७ करोड ५० लाख लिटर पानी ल्याइएको थियो।
नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो। जसका कारण सबै पानी वितरण हुननसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजनाले जनाएको छ। बुधबार बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।
मेलम्चीको पानी वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये आठ वटामा पानी पुगिसकेको छ। हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ। कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा पुग्न बाँकी छ। चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने उनले बताए।
मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ देखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको जनाएको छ। सुरुङ सफा गरेर मङ्सिर २३ देखि राजधानीमा खानेपानी वितरण भइरहेको छ। कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ।
त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयूकेएलले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
