कजाकिस्तानको आपतकालीन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार विमानमा सवार २७ जना यात्रुहरू जोगिएका छन्।
कजाकिस्तानको अक्ताउ शहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ५ चालक दलका सदस्यसहित ६७ जना सवार थिए।
कजाकिस्तानको आपतकालीन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार विमानमा सवार २७ जना यात्रुहरू जोगिएका छन्, जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ। अवतरण गर्ने क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए।
जहाजमा अधिकांश अजरबैजानका नागरिक थिए। रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि रहेका समाचारमा उल्लेख छ।
यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताइएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
