गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन्।
नेपालगन्ज– बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन्। गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन्।
“पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ। यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आर्थिक वर्षको पाँच महिनामा एक हजार ५८८ बालबालिका फेला परेका छन्,” जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भने।
उनले कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर संघ, प्रदेश र स्थानीय सररकारले पोषण विशेष कार्यक्रम संचालन गर्न लागेको जानकारी दिँदै सबैभन्दा बढी मधेशी र मुस्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए।
समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको अधिकृत उपाध्यायले बताए। उनका अनुसार सबैभन्दा बढी जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा ३७४, नरैनापुर गाउँपालिकामा ३५१, नेपालगन्ज उपमहानगरपालिकामा २२०, डुडुवा गाउँपालिकमा १०७ बालबालिकामा कुपोषणको समस्या देखिएको छ।
राप्ती सोनारी गाउँपालिकामा १५०, कोहलपुर नगरपालिकामा ६०, बैजनाथ गाउँपालिकामा २३५ र खजुरा गाउँपालिकामा ९१ गरी एक हजार ५८८ बालबालिकामा कुपोषण रहेको पोषण फोकल पर्सन उपाध्यायले जानकारी दिए। सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगिएको उनले बताए।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताए।
जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले डुडुवामा पछिल्लो समय कुपोषण भएका बालबालिका घट्दै गएको जानकारी दिँदै ती बालबालिका संक्रमणमुक्त भएका उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
