हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ।
हमासले बुधबार इजरायलमाथि गाजा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ। यद्यपि उसले वार्ता अझै जारी रहेको स्वीकार गरेको छ।
सन् २००७ अक्टोबर ७ मा बन्धक बनाइएकाहरूको रिहाइ सुरक्षित गर्ने प्रयासमा इजरायलले कुनै नयाँ सर्तहरूबारे सार्वजनिक बयान दिएको छैन। कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता हालैका दिनहरूमा दोहामा भएको छ।
वार्ताले अधुरो साबित भएको युद्धविराम सम्झौताको आशालाई पुनः जगाएको छ। “कतार र इजिप्टको मध्यस्थताअन्तर्गत दोहामा युद्धविराम र कैदी आदानप्रदान वार्ता गम्भीर रूपमा जारी छ... तर कब्जाकारी शक्ति (सेना) ले युद्धविराम, कैदीहरू र विस्थापित मानिसहरूको फिर्तीसित सम्बन्धित नयाँ सर्तहरू स्थापित गरेको छ, जसले सम्झौतामा पुग्न ढिलाइ गरेको छ,” प्यालेस्टिनी लडाकु समूहले एक विज्ञप्तिमा भन्यो।
हमासले इजरायलले थोपरेका सर्तहरूबारे विस्तृत जानकारी दिएन। सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसद्मा वार्तामा ‘केही प्रगति’ भएको बताएका थिए र मंगलबार उनको कार्यालयले इजरायली प्रतिनिधिहरू ‘महत्त्वपूर्ण वार्ता’ पछि कतारबाट फर्केको जनाएको थियो।
गत साता हमास र अन्य दुई प्यालेस्टिनी उग्रवादी समूहहरू इस्लामिक जिहाद र वामपन्थी पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइनले एक दुर्लभ संयुक्त विज्ञप्तिमा इजरायलले नयाँ सर्तहरू लागु नगरेमा युद्धविराम सम्झौता ‘पहिलेभन्दा नजिक’ भएको बताएका थिए। युद्धविराम र बन्धक रिहाइ सम्झौताका प्रमुख बाधाका कारण पटक–पटक प्रयासहरू असफल भएका छन्।
धेरै चरणको अप्रत्यक्ष वार्ताका बावजुद इजरायल र हमासले सन् २०२३ को अन्त्यमा एक हप्तासम्म चलेको एउटा युद्धविराममा मात्र सहमति जनाएका थिए। त्यसयता वार्ताले धेरै चुनौतीहरूको सामना गरेको छ। यसमा असहमतिको प्राथमिक विन्दु गाजामा स्थायी युद्धविरामको स्थापना हो।
अर्को समाधान नगरिएको मुद्दा युद्धपछिको गाजाको शासन हो। यो प्यालेस्टिनी नेतृत्वभित्र पनि अत्यन्त विवादास्पद मुद्दा बनेको छ। इजरायलले बारम्बार हमासलाई फेरि क्षेत्र चलाउन नदिने बताएको छ।
“हामी हटाउनु अघि म युद्ध अन्त्य गर्न सहमत हुने छैन,” गत हप्ता द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा नेतान्याहुले भनेका थिए, “तेल अभिभबाट ३० माइल टाढा गाजामा उनीहरूलाई सत्तामा छोड्ने छैन, यो हुनेछैन।”
उनले फलाडेल्फी करिडोरबाट इजरायली सेना फिर्ता लैजान नचाहेको बारम्बार बताउँदै आएका छन्। यो गाजा र इजिप्टको सीमानामा इजरायलले खाली गरेर नियन्त्रण गरेको भूभाग हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
