देशभरको मौसम सफा रहने पूर्वानुमान

पहाडी भेगमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। साथै, दिउँसो पनि मुलुकका अधिकांश भेगमा सफा रहनेछ। 

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। 

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ।

पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ। गण्डकीका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

त्यसैगरी, राति देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।