तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको १ हजार ८०० रुपैयाँ तोकिएको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।