संखुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको छ। यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्छ।
किमाथांका– संखुवासभामा यो वर्ष ३४ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो।
पुस पहिलो सातासम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रका प्रमुख छत्र यादवले जानकारी दिए। पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ।
“यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन्। गत वर्ष १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएको थियो,” प्रमुख यादवले भने। यो वर्ष जिल्लामा तीन हजार ४८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। साथै ११५ मेट्रिकटन किबी उत्पादन भएको छ।
परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए। उनका अनुसार जिल्लाभरि एक हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ६२० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ।
उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ। संखुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ। यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
