नेप्से परिसूचकसँगै कारोबार रकममा सामान्य वृद्धि

बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजारमा अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक तीन कारोबार दिनयता लगातार बढिरहेको हो। 

बिहीबार नेप्से परिसूचकसँगै कारोबारमा पनि सामान्य वृद्धि देखिएको छ। नेप्सेका अनुसार यस दिन परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा उक्लिएको छ।

यस दिन विभिन्न ३१० कम्पनीका दुई करोड नौ लाख ७८ हजार ९७९ कित्ता शेयर ६१ हजार ८३९ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ३६ करोड ३५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। मंगलबार पाँच अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा बैंकिङ समूह १.८१, लगानी समूह ०.२७, लघुवित्त समूह ०.१४ र व्यापार समूहको उपसूचक २.३१ प्रतिशतले बढेको छ। यी बाहेकका अरू समूहको उपसूचक भने घटेको छ।

बिहीबार आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। साथै, गुराँस लघुवित्त ७.३२, प्रभु बैंक लिमिटेड ५.८६ र कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य ५.०५ प्रतिशतले बढेको छ।

त्यस्तै, कर्पोरेट डेभेलपमेन्ट बैंक, नारायणी डेभेलपमेन्ट बैंक सिन्धु विकाश बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै, जोशी हाइड्रो पावर ९.९९ तथा सप्तकोशी डेभेलपमेन्ट बैंकको शेयर मूल्य ९.४४ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा बिहीबार सर्वाधिक ५० करोड ७७ लाख ८३ हजार ७०३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। शेयर संख्याका आधारमा सिद्धार्थ इक्वटी फन्डको ५९ लाख २३ हजार ३४० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।