निलम्बित राष्ट्रपति युन सुक योललाई हटाउने प्रक्रियाका लागि संवैधानिक अदालतमा न्यायाधीश मनोनयन गर्न अस्वीकार गरेपछि विपक्षीले कार्यवाहक राष्ट्रपति हानविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।
दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।
निलम्बित राष्ट्रपति युन सुक योललाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतमा न्यायाधीश मनोनयन गर्न अस्वीकार गरेपछि विपक्षीले कार्यवाहक राष्ट्रपति हानविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको हो।
निलम्बित राष्ट्रपति युनले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको छ। डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो। महाभियोग प्रक्रिया पूरा गर्न सांसदको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक पर्छ।
तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च गठन गर्नका लागि तीन जना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका छन्। त्यसपछि विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाभियोग लगाउन खोजेको हो।
“हामीले प्रस्ताव पेश गरेका छौँ... र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हानविरुद्धको कारबाहीबारे राष्ट्रियसभामा पत्रकारलाई भने, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ।”
“तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न हानको अस्वीकारले उहाँमा संविधानलाई कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारलाई भने।
यदि अदालतले थप तीन न्यायाधीशबिनै महाभियोगमाथिको सुनुवाइ प्रक्रिया अगाडि बढाए हालका सबै ६ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ। एक जनाले पनि असहमति जनाए युन पुनर्बहाली हुने छन्।
हानले सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीबीच मनोनयनका लागि सम्झौता भएपछि मात्र न्यायाधीशको नियुक्तिलाई प्रमाणित गर्ने बताएका छन्।
“हाम्रो संविधान र कानूनमा अन्तर्निहित सुसंगत सिद्धान्त भनेको संवैधानिक संस्थाको नियुक्ति लगायत महत्त्वपूर्ण अधिकारको विशेष प्रयोग गर्नबाट राष्ट्रपति टाढा रहनु हो ,” ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गने, “जनताको प्रतिनिधित्व गर्ने राष्ट्रियसभामा सत्तारूढ र विपक्षी दलबीच पहिले सहमति हुनुपर्छ।”
यदि विपक्षीले शुक्रबारको मतदानमा हानविरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लगाएको पहिलो घटना हुनेछ। त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
