प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्ष निर्वाचनका लागि ६१ वटा र समानुपातिकतर्फ ४७ वटा दल सहभागी भएका थिए।
काठमाडौँ– निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिनिधिसभा सदस्य निर्वाचन,२०७९ को मत परिणामसहितको प्रतिवेदन पेस गर्ने भएको छ। बुधबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको जानकारी दिएका हुन्।
उनका अनुसार पुस २ गते दिउँसो १ बजे प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को मत परिणामसहितको प्रतिवेदन सातै प्रदेशका प्रमुखसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गर्ने तयारी छ।
आयोगले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यको अन्तिम नतिजा सार्वजनिक गर्ने काम सम्पन्न गरेको छ। आयोगले परिणाम घोषणा भएको सात दिनभित्र प्रदेशसभामा पठाउनुपर्ने प्रावधान रहेको छ।
प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कुल ८२५ उम्मेदवार निर्वाचित भएको उनले सुनाए। प्रतिनिधिसभातर्फ पुरुष १८४ (६३.९० प्रतिशत) र महिला ९१ (३३.१० प्रतिशत) निर्वाचित भएका छन्। प्रदेशसभातर्फ निर्वाचित हुने पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (६३.३६ प्रतिशत) रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्ष निर्वाचनका लागि ६१ वटा र समानुपातिकतर्फ ४७ वटा दल सहभागी भएका थिए।
सात वटालाई राष्ट्रिय दलको मान्यता
सातवटा दलले राष्ट्रिय दलको मान्यता पाएको थपलियाले बताए। उनका अनुसार राजनीति दलसम्बन्धी ऐन २०७३ को दफा ५२ मा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचनतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने व्यवस्थाबमोजिम यस निर्वाचनबाट सातवटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका हुन्।
त्यस्तै, प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीमा कूल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्रै उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। सो व्यवस्थाअनुसार प्रदेश-१, कर्णाली र सुदूरपश्चिममा ६/६, बागमती र गण्डकीमा सात/सात र मधेश र लुम्बिनीमा १०/१० वटा दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको उनले बताए।
आयोगले निर्वाचन कानूनको तर्जुमाको तयारीमा रहेको पनि थपलियाले बताए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देखिएका समस्याहरूलाई पनि सम्बोधन गर्नुपर्ने भएकोले कानुन तर्जुमा गर्न लागेको उनको भनाइ छ। “सकेसम्म संसद्को पहिलो अधिवेशमै हामी निर्वाचनसम्बन्धी कानून लान्छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
