तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको छ। 

काठमाडौँ– हप्ताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको  मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो। 

बिहीबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ रहेको सुन यस दिन १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ८१५ रुपैयाँ पुगेको छ।