स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित तीन जना पक्राउ

उनीहरूलाई नेपाल राष्ट्रबैंक ऐन, २०५८ अनुसारको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। 

काठमाडौँ– स्रोत नखुलेको ९२ हजार रुपैयाँसहित काठमाडौँको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ का ३४ वर्षीय रवि धमला, रसुवाको उत्तरगया गाउँपालिका–२ का ३९ वर्षीय जीतबहादुर तामाङ र संखुवासभाको पाँचखपन नगरपालिका–७ का ३० वर्षीय सन्तोष विक रहेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पुस ९ गते पक्राउ गरेको हो।  

उनीहरूलाई नेपाल राष्ट्रबैंक ऐन, २०५८ अनुसारको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।