कर्णाली नदीमा डोजर पल्टिँदा १ जना बेपत्ता, चालकको उद्धार

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएको हो।

सांकेतिक तस्वीर

मान्म– कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्। 

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएको हो। डोजर चालकलाई भने नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार बेपत्ता सहचालक र डोजरको खोजी भइरहेको छ।