प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएका पाँच महिनामा ७ अर्ब ३७ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको छ। चालुको तुलनामा पुँजीगत बजेट कम खर्च भएको छ।
बागमती– चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा बागमती सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार यस पाँच महिनामा कुल बजेटको ११.४२ प्रतिशत बजेट खर्च भएको छ। चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएका पाँच महिनामा ७ अर्ब ३७ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको उनले बताए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६.२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३.९० प्रतिशत बजेट खर्च गरेको छ। सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले २.५७ प्रतिशत बजेट खर्च गरेको छ।
आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
