सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेका थिए।
काठमाडौँ– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ। वस्तीका साइँलो भाइ अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उनको शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनलाई हृदयाघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। वस्तीका छोरा डा. प्रणव वस्ती अमेरिकामा रहेको र आएपछि आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। वस्तीको शव अस्पतालमै राखिएको छ। उनका श्रीमती, एक छोरा र तीन छोरी छन्।
पूर्वन्यायाधीश वस्तीले करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रूपमा काम गरेका थिए। २०६५ साल भदौ २२ गते न्यायाधीश नियुक्त भएका उनी २०७० चैत २९ मा अवकाश भएका थिए।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनले ६ वर्ष मानवअधिकार आयोगको सदस्य भए। अवकाश जीवन बिताइरहेका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए।
गोरखा खोपलाङमा २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए। २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका उनको भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
