राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुसमा तरलताको अभाव झनै बढ्ने बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुसमा भने चुनौती आउने बताएका हुन्। तरलताको चुनौतीलाई कसरी समाधान गर्ने भन्नेबार राष्ट्र बैंक लागिपरेको उनको भनाइ छ।
"बजारमा तरलतामा केही सहजता भइरहेको छ। सधैँ सहजता रहँदैन। पुस हामीलाई चुनौती रहन्छ। यो साल पुसमा केही ट्याक्स सरकारको कोषमा पैसा आउँछ। क्यालेन्डरअनुसार पुसमा ३० अर्बको इस्यु छ। यसको असर पुसमा पर्छ तर हामी कसरी तरलताको असरलाई सहज गर्छौं भन्ने कुरामा लागि परेका छौँ", उनले भने।
गभर्नर अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजारमा पठाएको बताए। राष्ट्र बैंकले आवश्यक कामहरू गरिरहे पनि अझै बजारमा सहजता भइनसकेको उनको भनाइ छ। उनले फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्ने हो भने अर्थतन्त्रमा सुधार हुन नसक्ने बताए।
"बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरूलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन। झन् गाह्रो पर्छ। त्यसकारण त्यस्ता विकृतिहरू समयमा नै चिर्नुपर्छ।"
गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको पनि बताए। उनले अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको पनि बताए।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
