चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई प्रतिबन्ध लगाउने कानून रोक्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन्।
शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्दै ट्रम्पको कानूनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाइलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दालाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।”
ट्रम्पले पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए। चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो।
अन्य अमेरिकी अधिकारीले पनि युवामाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए। यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए।
ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीका साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्तावसमेत गरेका छन्। समयक्रमसँगै, ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढेका छन्। उनले ट्रम्पले लगाएका समान कारण देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन्।
अहिले भने ट्रम्पले आफ्नो बाटो परिवर्तन गरेको समाचार संस्था एएफपीले जनाएको छ। “अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ।
“म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ,” ट्रम्पले भनेका छन्, “यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
