हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका घाँस सुक्ने भएकाले समस्या पर्ने गरेको कार्यालयले जनाएको छ।
बर्दिया– कृष्णसारको आहारा संकट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ। वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ।
हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए। संरक्षण क्षेत्रभित्रै कृष्णसारको वासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। “पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ। यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ,” उनले भने।
पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ। वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक वासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो।
कृष्णसारको प्राकृतिक वासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको हो। कृष्णसारले यस्तो दुबोको टुसा खान मनपराउने बताइएको छ। कृष्णसारलाई हिउँदमा आहारा संकट पर्ने गर्छ ।
गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी २१७ वटा कृष्णसार रहेको कृष्णसार संक्षणक्षेत्र कार्यालयको तथ्यांक छ।
कृष्णसारको वासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउँछन्। आर्थिक अभावबीच पनि संरक्षणमा चुनौती रहेको छ। हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
