भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानसाथ अन्त्येष्टि

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

तस्वीर : एएफपी

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले सागर पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए। शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो। 

काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्वनेता र पूर्वप्रधानमन्त्रीप्रति श्रद्धाञ्जलि सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए। 

पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उनको निवासबाट श्रद्धाञ्जलिका लागि दिल्लीस्थित अल इन्डिया कङ्ग्रेस कमिटी (एआईसीसी)को मुख्यालयमा ल्याइएको थियो । दिल्लीस्थित पूर्वप्रधानमन्त्रीको निवासबाहिर पनि श्रद्धाञ्जलि अर्पण गर्न कैयौँ मानिस भेला भएका थिए। 

यसअघि शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले काङ्ग्रेस अध्यक्ष खड्गे र स्वर्गीय सिंहको परिवारलाई सरकारले स्मारकका लागि ठाउँ छुट्याइने जानकारी गराएका थिए। 

उनी लामो समय भारतीय राजनीतिमा सक्रिय थियो। विशेष गरी आर्थिक संकटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा उनको योगदानको लागि उनलाई सम्झना गरिन्छ।