प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको बताए।
काठमाडौँ– गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने ४ हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार निर्वाचनको परिणाम घोषणा गरेको हो।
निर्वाचनको परिणाम घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको जानकारी दिए।
उनले प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारौटी रकम जफत भएको र प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको बताए।
त्यस्तै, प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको छ। प्रदेशसभातर्फ भने प्रदेश-१ मा ३०, मधेशमा २६, बागमतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ वटा दलको धरौटी रकम जफत भएको छ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएकोमा १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ। ५.०६ प्रतिशत मत भने बदर भएको छ।
त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५.०९ प्रतिशत मत बदर भएको छ।
प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१.३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४.०७ प्रतिशत मत बदर भएको बताइएको छ। प्रदेशसभाको समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१.३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६.५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
