आइतबार बिहानदेखि मौसममा क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– शुक्रबार रातिदेखि बदली भएको मौसम आइतबारदेखि सुधार हुँदै जानेछ। बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मौसमविद् सञ्जीव अधिकारीले शनिबार राति पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जानकारी दिए। कालिकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको उनले बताए। हुम्लासहित हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।
महाशाखाका अनुसार देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम छ। जसका कारण देशभर मौसम साधारणदेखि पूर्णतया बदली रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
