दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

थाइल्यान्डको बैंककबाट १७५ यात्रु र ६ जना चालक दलका सदस्यसहित फर्किएको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो। 

तस्वीर: रोयटर्स

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। 

योनहाप समाचार एजेन्सीका अनुसार विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो। 

आइतबार बिहान १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार जेजु एयरको विमान थाइल्यान्डको बैंककबाट फर्किएको थियो।

उद्धारकर्ताहरूका अनुसार दुई जना जीवितै फेला परेका छन् र उद्धार कार्य जारी रहेको छ।