ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।
वीरगन्ज– तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ।
पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र संघीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो। पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जंगल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए।
“ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो,” उनले भने, “स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ।” अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने प्रयास भए पनि त्यसमा सफल नभएको बताए। आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिए। “ पर्सागढीको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक पहलकदमी भइरहेको छ,” उनले भने, “आवश्यक कानूनी प्रक्रिया पूरा गरेर जग्गा फिर्ता लिनेछौँ।”
१८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच फौज पर्सागढीमा युद्ध भएको थियो। अंग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए। नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ।
साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो संख्यामा स्थानीय हातहतियारसहित युद्धमा निस्किएका थिए। यसरी उनीहरूले गोर्खाली फौजको ठूलो संख्या आएको भान पारी अंग्रेजलाई त्यहाँबाट भगाएको कथन छ।
युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ। पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ। समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि संग्रह गरिए पनि संग्रहालय निर्माण गर्न नसकिएको बताए।
ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ। पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
