काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ। टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन्।
काठमाडौँ– चाकु माघेसंक्रान्ति अर्थात् जाडो याममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो। सामान्य रूपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघेसंक्रान्तिको बेला बढी खपत हुने गर्छ।
काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ। टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन्। माघेसंक्रान्तिमा बढी चाकुको माग हुने भएकाले चाकु बनाउने काम धमाधम भइरहेको छ। विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले माग अनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ।
टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताए।
“चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ। माघे संक्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा हरेकाले तिहार लगत्तै यो दुई महिना चाकुको अत्यधिक बजारमा पठाएका छौँ,” उनले भने, “चार पुस्तासम्म पेसामा निरन्तर लागि रहेका छौँ। पेसा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौ।”
चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुँदा चिसो मौसममा यसको खपत बढी हुने गरेको उनले बताए। चाकुको उत्पादन दुई महिना मात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाइ छ। उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि बताए।
अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ। “विदेशमा पनि टोखाको चाकुको माग बढेको छ। वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन। यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ,” उनले भने, “सोही अनुसार निर्यात गर्ने पनि गरेका छौ। अस्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ।”
उनले चाकुको प्रकार अनुसारको मूल्य फरक हुने गरेको उनले बताए। चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भए पनि सरकारले त्यति ध्यान नदिएको पनि उनको गुनासो छ। “स्थानीय सरकारले व्यवसायलाई हेरेको छ जस्तो लाग्दैन। हामीले तिरेको कर हामीलाई नै दिने हो। १० लाख माग गर्यो भने दुई लाख आउँछ। नेताहरूले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन। अनुदानको नाममा हामीबाट चाकु नै लिएर जानुहुन्छ,” उनले भने।
बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था छ। नेपालमा नै यसको व्यवस्था गर्न सके व्यवसायीलाई सहज हुने श्रेष्ठको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
