जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिई पर्खालमा ठोक्किएर आगलागी हुँदा १६७ जनाको मृत्यु भएको छ।
दक्षिण कोरियाको मुआनमा भएको विमान दुर्घटनामा मृतकको संख्या १६७ पुगेको छ।
सियोलबाट करिब २८८ किलोमिटर दक्षिण पश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।
थाइल्यान्डको राजधानी बैंककबाट फर्कँदै गरेको विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए।
विमान पर्खालमा ठोक्किएपछि आगलागी भएको थियो। आगलागीमा परी ७९ पुरुष, ७७ महिला र अन्य लिंग नखुलेको ११ जना गरी १६७ जनाको मृत्यु भएको अग्नि नियन्त्रक निकायका अधिकारीले बताएका छन्।
यातायात मन्त्रालयका अनुसार १५ वर्ष पुरानो बोइङ ७३७-८०० जेट स्थानीय समयअनुसार बिहान ९ः०३ बजे दुर्घटनामा परेको हो।
चालक दलका एक सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटना भएको ६ घण्टा बितिसकेकाले दुई जनाबाहेक अन्य यात्रु जीवित रहेको हुनसक्ने सम्भावना क्षीण देखिएको छ।
“विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,” अग्नि नियन्त्रक निकायका एक अधिकारीले भने, “विमान लगभग पूर्ण रूपमा ध्वस्त भइसकेको छ। मृतकको पहिचान गर्न पनि कठिन छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
