आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१ अंकको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको हो।
आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। यस दिन विभिन्न ३१६ कम्पनीका एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन बिहीबार पाँच अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा लघुवित्त समूह १.१२. म्युचुअल फन्ड समूह ०.१८ र अन्य समूहको उपसूचक ०.२१ प्रतिशतले बढेको छ। यी बाहेकका अरू समूहको उपसूचक भने घटेको छ।
आइतबार महिला लघुवित्तको शेयर १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। साथै, आत्मनिर्भर लघुवित्त ९.९८, मानुषी लघुवित्त ६.०९, सिर्जनशील लघुवित्त ५.८९ र एनआरएन इन्फाइस्टक्चरको शेयर मूल्य ५.७१ प्रतिशतले बढेको छ।
यस दिनको कारोबारमा पाँच वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ। सपोर्ट माइक्रो फाइनान्स, नारायणी डेभेलपमेन्ट बैंक, सप्तकोशी डेभेलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको हो।
कारोबार र शेयर संख्याका आधारमा आइतबार सर्वाधिक प्रभु बैंकको २६ करोड १० लाख ८२ हजार ६६४ रुपैयाँ बराबरको १० लाख ६५ हजार ६५५ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
